शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

यस्तो छ आज कृषि उपजको थोक मूल्य

शुक्रबार, असोज १७ २०८२

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि विभिन्न तरकारी तथा फलफूलको थोक मूल्य तोकेको छ।

समितिका अनुसार फलफूलतर्फ स्याउ (फुजी) प्रतिकेजी अधिकतम रु ३००, स्याउ (झोले) रु २५० र गुन्दुक रु ३०० मा तोकिएको छ।

तरकारी तथा सागसब्जीतर्फ तोफु रु १४०, तामा रु १२०, इमली रु १८०, पुदीना रु ८००, सौफको साग रु ३००, पार्सले रु १,२००, सेलरी रु ३००, जिरीको साग रु २००, रातो बन्दा रु १८०, चुकुन्दर रु ७०, ब्रोकाउली रु १५०, न्यूरो रु ८०, कुरीलो रु ४००, च्याउ (डल्ले) रु ३५०, च्याउ (कन्य) रु १५०, प्याज हरियो रु १२०, तोरीको साग रु ९०, चमसूरको साग रु १८० र पालुंगो साग रु २०० तोकिएको छ।

त्यस्तै रायो साग रु १५०, स्कूस रु २०, पिंडालू रु ८०, बरेला रु १००, सखरखण्ड रु १००, भिण्डी रु ८०, सलगम रु ९०, हरियो फर्सी (डल्लो) रु ३५, फर्सी पाकेको रु ८०, झिगुनी रु १००, घिरौला रु ६०, चिचिण्डो रु ३०, परवर (लोकल र तराई) रु ७०, लौका रु ६०, तितो करेला रु ६०, भटमासकोशा रु ९०, टाटे सिमी रु ७०, घिउ सिमी (लोकल तथा हाइब्रीड) रु १२०, मकै बोडी रु ८०, बोडी (तने) रु ११०, भन्टा लाम्चो/डल्लो दुबै रु ४०, मूला सेतो (लोकल) रु ७०, मूला रातो रु ५०, काउली (स्थानिय) रु ११०, बन्दाकोबी रु ४०, गाजर (तराई) रु ११०, गाजर (लोकल) रु १३० तोकिएको छ।

प्याज र आलुतर्फ सुकेको प्याज (भारतीय) प्रतिकेजी रु ३९, आलु सेतो रु ४०, आलु रातो (मुडे) रु ४४, आलु रातो (भारतीय) रु ३० र आलु रातो रु ५२ तोकिएको समितिले जनाएको छ।

त्यसैगरी गोलभेडा सानो (टनेल) रु ४५, गोलभेडा सानो (लोकल) रु २५ र गोलभेडा ठूलो (भारतीय) प्रतिकेजी रु ८० मा कारोबार भइरहेको समितिले जनाएको छ।