काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले हिजोमात्र चार जना मन्त्री थप्दै आफ्नो मन्त्रिपरिषद् ८ सदस्यीय बनाएकी छिन्।
अझै केही महत्वपूर्ण मन्त्रालय प्रधानमन्त्रीकै नेतृत्वमा छन्। स्वास्थ्य मन्त्रालयका लागि डा संगीता कौशल मिश्राको नाम सिफारिश भए पनि अख्तियारको छानबिनमा रहेको कारण बालुवाटारको आग्रहमा हटाइएको थियो।
प्रधानमन्त्री कार्कीको नेतृत्वमा अहिले परराष्ट्र; रक्षा; खानेपानी; महिला, बालबालिका तथा ज्येष्ठ नागरिक; युवा तथा खेलकुद; वन तथा वातावरण; श्रम, रोजगार तथा सामाजिक सुरक्षा; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन; स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय छन् । यीमध्ये परराष्ट्र मन्त्रालयको नेतृत्वमा कसलाई ल्याउने भन्ने विषयमा प्रधानमन्त्री कार्कीले आफ्नो टिमसँग हिजोबाट घनिभूत छलफल गरेकी छिन् । कतिपयले महानायक राजेश हमालको नामसमेत लिएका छन् ।
परराष्ट्र मन्त्रालयको नेतृत्वमा महानायक राजेश हमालको नाम सामाजिक सञ्जालमा चर्चित भए पनि हमाल हाल अष्ट्रेलियामा रहेका छन्। उनले यसबारे कुनै औपचारिक निर्णय दिएका छैनन्।