काभ्रे । नमोबुद्ध नगरपालिकाका पूर्वनगरप्रमुख टङ्कप्रसाद (टिपी) शर्मा तिमल्सिनाको ६७ वर्षको उमेरमा आज बिहान धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएको छ।
२०७४ सालमा नगरप्रमुख निर्वाचित तिमल्सिना साउन १० गते स्कुटर दुर्घटनामा परि गम्भीर घाइते भएका थिए। उनी पत्नी र दुई छोराबाट बाँकी रहेका छन्।