शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

फेरि बढ्याे सुनको भाउ, कति पुग्यो आज ?

सोमबार, भाद्र ३० २०८२

काठमाडौं । सुन–चाँदीको मूल्य आज फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन प्रतितोला एक सय रुपैयाँले बढेर २ लाख १५ हजार २ सय रुपैयाँ कायम भएको हो ।

हिजो सुनको मूल्य प्रतितोला २ लाख १५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि शुक्रबार भने सुनको मूल्य प्रतितोला २ लाख १५ हजार ८ सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च दर हो ।

चाँदीको मूल्य पनि आज वृद्धिसहित नयाँ रेकर्ड कायम गरेको छ । प्रतितोला पाँच रुपैयाँले बढेर २ हजार ५७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।