मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

श्रीमानलाई रुखमा बाँधेर पत्नीमाथि बलात्कार

सोमबार, भाद्र ३० २०८२

काठमाडौं । मकवानपुरको राक्सिराङ–१, इन्द्रुङमा दुई महिने सुत्केरी महिलामाथि बलात्कार भएको छ।

बोल्न नसक्ने र आर्थिक–सामाजिक रूपमा पछाडि परेका चेपाङ समुदायकी ती महिलालाई गत भदौ २६ गते राति जबरजस्ती करणी गरिएको हो ।

पीडितको श्रीमानलाई रुखमा बाँधेर उनकी पत्नीमाथि बलात्कार गरिएको राक्सिराङ प्रहरी चौकीका इञ्चार्ज नवीन सिंहले जानकारी दिएका छन् । घटनामा संलग्न रहेको आरोपमा स्थानीय ४२ वर्षीय अन्तरे थिङलाई पक्राउ गरी मनहरीस्थित इलाका प्रहरी कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा आरोपीले श्रीमानलाई नै “बाहिर कोही आयो कि भनेर हेर” भन्ने आदेश दिँदै पत्नीमाथि कृत्य गरेको खुलेको प्रहरीले बताएको छ । पीडित दम्पती दुवै बोल्नसमेत असक्षम रहेको र आफ्नै घरसमेत नभएको प्रारम्भिक तथ्यतर्फ प्रहरीले ध्यानाकर्षण गराएको छ ।

घटनामा अन्य पनि संलग्न हुनसक्ने आशङ्कामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।