शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेपाल–वेस्ट इन्डिज टी-२० सिरिजको तालिका परिवर्तन

बुधबार, भाद्र १८ २०८२

काठमाडौँ । नेपाल र वेस्ट इन्डिजबीचको टी–२० सिरिज युएईमा आगामी सेप्टेम्बर २७, २९ र ३० मा खेलिने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले मङ्गलबार जारी गरेको विज्ञप्तिमा उल्लेख भए अनुसार, पहिलो तालिका २७, २८ र ३० तय गरिएको थियो। तर, एसिया कपको फाइनल २८ गते राखिएको हुनाले सिरिजको तालिका परिवर्तन गरिएको हो।

नेपाली राष्ट्रिय क्रिकेट टोली यसअघि अष्ट्रेलिया भ्रमणबाट फर्किएको छ।