शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सुनको मूल्य हालसम्मकै उच्च

बुधबार, भाद्र १८ २०८२

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि मूल्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु दुई लाख सात हजार ९०० कायम भएको छ, जुन हालसम्मकै उच्च स्तर हो।

मङ्गलबार प्रतितोला रु दुई लाख पाँच हजार ९०० मा कारोबार भएकोमा आज रु दुई हजारले वृद्धि भएको हो।

यसैबीच, चाँदीको मूल्य प्रतितोला रु पाँचले घटेर रु दुई हजार ४८० कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३,५३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।