काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा २ लाख ३ हजार ६०० रुपैयाँ पुगेको छ ।
यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६०० रुपैयाँ कायम भएको थियो ।
यसैबिच चाँदीको मूल्य पनि बढेको छ ।
शुक्रबार तोलामा २ हजार ३६० रुपैयाँ कायम भएको चाँदीको मूल्य २ हजार ४२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।