शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मोरङको महिला सेलमा एक कैदी मृत फेला

बुधबार, भाद्र ११ २०८२

विराटनगर । जिल्ला कारागार मोरङको महिला सेलमा एक कैदी मृत फेला परेकी छन्।

बुधबार बिहान शौचालयभित्र सुनसरीको बराहक्षेत्र नगरपालिका–६ की ३२ वर्षीया राधा (राधिका) भट्टराई झुण्डिएको अवस्थामा भेटिएकी जेल प्रशासनले जनाएको छ।

जेलर गौरव ढुंगेलका अनुसार उनलाई कर्तव्यज्यान मुद्दामा सुनसरी जिल्ला अदालतले जन्मकैद सजाय सुनाएको थियो। भट्टराईले केही वर्षअघि आफ्ना दुई नाबालक सन्तानसहित सप्तकोशी नदीको नहरमा हाम्फालेकी थिइन्।

उक्त घटनामा उनी र एक सन्तान बचाइएका थिए भने अर्का सन्तानको मृत्यु भएपछि उनीमाथि मुद्दा चलेको थियो।