एजेन्सी । इजरायलको गाजा शहरमा आइतबार राति भएको आक्रमणमा अल जजीराका पाँच पत्रकारको मृत्यु भएको छ।
अल–शिफा अस्पतालको मुख्य ढोकाबाहिर पत्रकारहरू बस्ने टेन्टमा इजरायली सेनाले आक्रमण गर्दा अल जजीराका पत्रकार अनस अल–शरीफसहित उनका चार सहकर्मी मारिएको अल जजीराले जनाएको छ।
अल जजीराका अनुसार, आक्रमणमा कुल सात जनाको ज्यान गएको छ।
इजरायल डिफेन्स फोर्सेस (आईडीएफ) ले आक्रमणको पुष्टि गर्दै अल–शरीफलाई हमासको ‘आतङ्कवादी सेल’को प्रमुख भएको र पत्रकारको आवरणमा इजरायली नागरिक तथा सैनिकमाथि रकेट आक्रमण गर्ने कार्यमा संलग्न भएको आरोप लगाएको छ।
अल जजीराले यसअघि नै आईडीएफमाथि आफ्ना पत्रकारहरूलाई लक्षित गर्दै “उत्तेजना फैलाउने अभियान” सञ्चालन गरेको आरोप लगाएको थियो।