काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । यस्तै चाँदीको मूल्यमा भने वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबारको तुलनामा आज (बिहीबार) सुनको मूल्यमा कुनै परिवर्तन आएको छैन। अघिल्लो कारोबार दिन तोलाको रु १,९८,४०० मा कारोबार भएको सुन आज पनि सोही मूल्यमा खरिदबिक्री भइरहेको हो।
तर, चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ। बुधबार तोलाको रु। २,३०५ मा कारोबार भएको चाँदी आज रु। २,३१५ मा पुगेर स्थिर भएको महासंघले जानकारी दिएको छ।