शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सुनचाँदीकाे मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

शुक्रबार, साउन १६ २०८२

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य सामान्य घटेको छ ।

महासंघका अनुसार आज छापावाल सुन तोलामा ५०० रुपैयाँ घटेको हो ।

बिहीबार १ लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ लाख ९३ हजार १ सय रुपैयाँ कायम भएको छ ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा २ हजार २७० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा २ हजार २३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।