काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गर्न सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन्।
प्रधानमन्त्री ओलीसहित एमाले र कांग्रेसका शीर्ष नेताहरू बालुवाटारमा बिहीबार मध्याह्न छलफलमा जुटेका हुन्।
दुई नेताबीच मन्त्रिपरिषद् हेरफेरसहित समसामयिक विषयमा छलफल हुनेछ। सरकार गठनको एक वर्ष बितिसकेपछि मन्त्री हेरफेरको गृहकार्य थालिएको छ।
बैठकमा एमालेबाट प्रधानमन्त्री ओली, उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल सहभागी छन्।
कांग्रेसबाट सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी छन्।