मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

रुसमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प

बुधबार, साउन १४ २०८२

काठमाडौं । रुसको पूर्वी तटीय क्षेत्रमा ८.८ रेक्टर स्केलको भूकम्प गएको छ ।

युएसजीएसका अनुसार भूकम्प रुसको पेट्रोपाभ्लोभ्स्क–काम्चात्स्की सहरबाट करिब १३६ किलोमिटर (८५ माइल) टाढा र १९ किलोमिटर गहिराइमा गएको हो । शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ ।

रुसको काम्चात्का प्रायद्वीपमा सुनामीको जोखिम रहेको भन्दै गभर्नर भ्लादिमिर सोलोदोभले स्थानीय बासिन्दालाई तटीय क्षेत्रहरूबाट टाढा रहन आग्रह गरेको समाचारमा उल्लेख छ । अहिलेसम्म न्यून क्षतिको मात्र रिपोर्ट आएको उनले जनाएका छन् ।

जापानको मौसम एजेन्सीले प्रशान्त तटीय इलाकामा लगभग ३.३ फिट उँचो सुनामीको लहर उठ्ने चेतावनी दिएको छ ।

सुरुमा भूकम्प ८.० रेक्टरस्कल बताइए पनि पछि संशोधन गरेर ८.८ भएको बताइएको छ ।