सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

संवैधानिक परिषदसम्बन्धी विधेयक राष्ट्रपतिले प्रतिनिधि सभामै फिर्ता पठाए

शुक्रबार, साउन ९ २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई  संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएका छन् ।

सो संशोधन संविधानको मर्म र भावना तथा लोकतान्त्रिक मूल्य, मान्यता र विश्वव्यापी अभ्यास प्रतिकूल भएकाले संविधानको धारा ११३ को उपधारा (३)  बमोजिम पुनर्विचारका लागि विधेयक उत्पत्ति भएको प्रतिनिधिसभामा विहीबार फिर्ता पठाएका हुन् ।

दुवै सदनबाट पारित भई आएको सो संशोधन विधेयक प्रमाणीकरणका लागि गत असार ३१ गते राष्ट्रपति पौडेलसमक्ष पेश गरिएको थियो ।