काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ घटेको छ ।
बुधबार तोलामा १ लाख ९७ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुन बिहीबार घटेर तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यस्तै छापावाल सुन नै प्रति १० ग्राम बिहीबार १ लाख ६७ हजार ३३५ रुपैयाँ कायम भएको छ ।
यस्तै बिहीबार चाँदीको मूल्य प्रतितोला २ हजार ३३५ रुपैयाँ कायम भएको छ । यसअघि बुधबार चाँदी तोलामा २ हजार ३५० रुपैयाँ कायम भएको थियो ।