काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ तोलामा दुई हजार एक सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुन तोलामा एक लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।
आज चाँदी ३० रुपैयाँले बढेर दुई हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार दुई हजार ३२० रुपैयाँमा कारोबार भएको थियो।