आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सांसदसँग प्रश्नोत्तर अगाडि प्रधानमन्त्रीको विशेष सम्बोधन

बुधबार, साउन ७ २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकलाई विशेष सम्बोधन गर्दै छन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको आज दिउँसो १:०० बजे बस्ने बैठकमा विशेष सम्बोधन गर्ने नेकपा (एमाले) का मुख्य सचेतक महेशकुमार बर्तौलाले जानकारी दिए ।

सरकारले एक वर्षमा गरेका प्रमुख उपलब्धि, आगामी प्राथमिकता तथा सङ्घीय संसद्मा प्रमुख प्रतिपक्षी दललगायतका विपक्षी दलबाट उठाइएकालगायत समसामयिक विषयवस्तुमा केन्द्रित रही उनले सम्बोधन गर्नेछन् ।

संसद्को नियमित कार्यसूचीअन्तर्गत प्रतिनिधिसभा नियमावलीबमोजिम सांसदहरूले सोधेको प्रश्नको समेत प्रधानमन्त्री ओलीले आजै जवाफ दिने कार्यक्रम यसअघि नै तय भएको संसद् सचिवालयले जनाएको छ ।