पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नमिल्ने ठहर
काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठक सकिएको छ ।
२ दिन चलेकाे एमालेको केन्द्रिय कमिटीको बैठकले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नमिल्ने ठहर गर्दै बिधान संशोधन र ८ बुँदे प्रस्ताव पारित गर्दै सकिएको हाे ।
मंगलवार राति सकिएको बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउन नमिल्ने ठहरसहित सदस्यता नविकरण खारेज गरेको छ ।
बैठकमा केन्द्रीय सदस्यहरुको सुझावको आधारमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति राष्ट्रकै गौरव भएको बिषयलाई आत्मसाथ गरी भण्डारीप्रति उच्च सम्मान गर्ने निर्णय सुनाउँदै राजनीतिमा आउन नमिल्ने निर्णय सुनाए ।
बैठक सकिँदा बैठकमा २ सय ६४ जना सदस्यहरूले भाग लिनु भएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकमा विधान संशोधनका विविध विषयमा छलफल भएको उनले बताए ।
बैठक सकिँदा बैठकमा २ सय ६४ जना सदस्यहरूले भाग लिनु भएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकमा विधान संशोधनका विविध विषयमा छलफल भएको उनले बताए ।
गाैतमका अनुसार पूर्वराष्ट्रपतिको पार्टी सदस्यता र पार्टी जीवनमा सक्रिय हुने विषयमा बैठकमा निक्कै लामो छलफल भएको थियाे ।
‘राष्ट्रपति नेपाली सेनाको परमाधिपति भइसकेको राष्ट्राध्यक्ष जस्तो गरिमामय पदमा पुगेको व्यक्ति, राष्ट्रिय एकताको प्रतीक, संविधानको पालनकर्ता र संरक्षण गर्ने व्यक्तित्व, नेपाली सेनाको परमाधिपति, साझा व्यक्तित्व, राष्ट्रको गौरव, गणतन्त्रको प्रतीक, देशकै अभिभावक राजनीतिक दलको कार्यकर्ता वा नेता हुने कुरा हाम्रा स्थापित मान्यताले पनि राम्रो हुँदैन, हामीले दिएको सम्मानमा कुनै कमी हुन दिनुहुँदैन र हामीले उहाँलाई दिएको सम्मान कायम राख्नु पर्छ, उहाँ राष्ट्रिय व्यक्तित्व हो, राष्ट्रको गौरव हो, हाम्रो पनि गौरव हो, यस्तो परिप्रेक्षमा उहाँ राजनीतिमा आउनु हुँदैन, यो गलत नजिर र अभ्यास हुन्छ भन्ने निष्कर्ष केन्द्रीय कमिटीले निकालेको छ’, उनले भने ।
यसमा सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र कर्ण थापा असहमति जनाएको गौतमले जानकारी दिए । ‘केन्द्रीय कमिटीले सर्वसम्मत निर्णय गरेपछि उहाँहरूले उठेर सहमति जनाउनु भएको छ’, गौतमले भने ।
यस्तै पार्टीमा ७० वर्षको उमेर हद र दुई कार्यकालको सीमा हटाउने प्रस्ताव विधान महाधिवेशनमा लैजाने निर्णय पनि बैठकले गरेको गाैतमले जानकारी दिए ।