आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

कैलालीका वन अधिकृत घुससहित पक्राउ

मंगलबार, साउन ६ २०८२

कैलाली । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले, कञ्चनपुर डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादवलाई घुससहित पक्राउ गरेको छ ।

आयोगको कञ्चनपुरबाट खटिएको टोलीले यादवलाई ७ लाख ३१ हजार घुस रकमसहित रंगेहात पक्राउ गरेको हो ।

उनीविरुद्ध कैलालीको चुरे गाउँपालिका–६ को ग्वासी सामुदायिक वनको घाटगड्डी गरिएको काठको बिमर्का र छोडपुर्जी दिनेबारे सेवाग्राहीसँग रकम माग गरेको उजुरी परेको थियो ।

सोही उजुरीका आधारमा आयोगको टोलीले यादवलाई डिभिजन वन कार्यालयबाटै पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार उनीमाथि थप अनुसन्धान भइरहेको छ ।