आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

आज तीनवटा संसदीय समितिको बैठक बस्दै

मंगलबार, साउन ६ २०८२

काठमाडौं । संघीय संसद अन्तर्गत रहेको विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दैछन् ।

मङ्गलबार महिला तथा सामाजिक मामिला समिति, कानून, न्याय तथा मानवअधिकार समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो ।

महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ ।

बैठकमा वैदेशिक रोजगारीमा रहेका महिला कामदारको विद्यमान अवस्थाका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

यस्तै, कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक दिउँसो १ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा विश्वव्यापी आवधिक समीक्षा सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगसँग छलफल गर्ने कार्यक्रम छ ।

यसैगरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा मिडिया काउन्सिल विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची छ ।