काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन्।
प्रधानमन्त्री ओलीले सेप्टेम्बर १६-१७ (भदौ ३१ गतेदेखि असोज १ गतेसम्म) भारत भ्रमण गर्ने भएका हुन्।
प्रधानमन्त्रीनिकट स्रोतले प्रधानमन्त्री ओलीको दुई दिने भारत भ्रमण सुनिश्चित भएको जानकारी दिएको छ।
भारतीय समकक्षी नरेन्द्र मोदीबाट प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो आएको हो।