आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

रौतहटका पत्रकार रवीन्द्रले गरे आत्महत्या

आइतबार, साउन ४ २०८२

काठमाडाैं । रौतहटको पत्रकार रवीन्द्र प्रजापतिले आत्महत्या गरेका छन् ।

कटहरिया नगरपालिका ५ का ३० वर्षीय पत्रकार प्रजापति शनिवार बेलुका घरमै झुण्डिएर आत्महत्या गरेका छन् ।

ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार मृतक प्रजापतिको शव पोस्टमार्टका लागि गौर अस्पतालमा राखिएको छ ।

गरुडाका डीएसपी राजन कार्कीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

पत्रकार प्रजापति गरुडा म्यूजिकल एफएममा कार्यरत थिए ।