काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार भारी वर्षाकाे सम्भावना रहेकाेले सचेत रहन अनुराेध गरेका छन् ।
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले आइतबार देशका अधिकांश स्थानमा भारी वर्षाकाे सम्भावना रहेकाे जनाएकाे थियाे । त्यसलगत्तै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत सचेत रहन अनुराेध गरेका हुन् ।
उनले सुरक्षाकर्मीलाई आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन निर्देशनसमेत दिएका छन् ।
प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेकमा छन्, ‘मौसमजन्य विपद्बाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गरौं। अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु।’