काठमाडौं । नेकपा (एमाले)का नेता एवं सांसद सूर्य थापाले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता अभियानका संयोजक वामदेव गौतमको अंकमाललाई ‘लगनपछिको पोते’को संज्ञा दिँदै टिप्पणी गरेका छन् ।
समाजिक सञ्जालमा लेख्दै थापाले वामदेवमा माधवकुमारको आनन्द अर्थ न बर्थको ७७ र ७३ वर्षीय अंकमाल भनेका हुन् ।
‘वामदेवमा माधवकुमारको आनन्द : अर्थ न बर्थको ७७ र ७३ वर्षीय अंकमाल ! ऊर्जाबेगरको अभिनय- २०५४ सालमा यो मतिले काम गरेको भए …? अनि,निशर्त रूपमा विभाजनप्रति पश्चात्ताप गर्दै यस्तो गरेको भए …? लगनपछिको पोते !?!?’ सांसद थापाले फेसबुकमा लेखेका छन् ।
शुक्रबार अभियान नेकपा एसमा समाहित भएपछि गौतम र नेपालले अंकमाल गरेको थिए ।