आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

‘उचालेका भरमा’ राजनीतिमा आउनु हुँदैन : प्रधानमन्त्री ओली

शनिबार, साउन ३ २०८२

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘उचालेका भरमा’ पुनः सक्रिय राजनीतिमा फर्किन नहुने टिप्पणी गरेका छन्।

पाेलिटब्यूराे बैठकमा बोल्दै ओलीले पार्टीका विरुद्ध ठूलो संगठित हमला भइरहेको दाबी गर्दै ओलीले यहीबेला पार्टी भित्रबाट पनि हमला सुरु भएको र यो रोकिनुपर्ने बताए । ओलीले भने, ‘पार्टीभित्रको अराजकतालाई रोक्नुपर्छ, नभए पार्टीले रोक्छ ।’

प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रपतिका रूपमा भण्डारीजीले सम्मानजनक भूमिका निर्वाह गर्नुभयो। अब उहाँले आफूलाई राष्ट्रनेताकै हैसियतमा सीमित राख्नु उपयुक्त हुन्छ। अरूले उचालेर, वाहवाही गरेर पुनः सक्रिय राजनीतिमा ल्याउनु सही होइन।’

प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपति भण्डारीको एमाले सदस्यता नवीकरण नै नभएको बताएका छन् ।

भण्डारी हाल सक्रिय राजनीतिमा नरहे पनि केही समारोहहरूमा उनी सहभागी हुँदै आएकी छन्, जसले पुनरागमनको अनुमान पैदा गराएको छ।

ओलीले थप स्पष्ट पारे, ‘हामीले राजनीतिक परिपक्वता देखाउनुपर्छ। संवैधानिक पदमा पुगिसकेपछि राजनीति बाहिर बस्नु नेतृत्वको मर्यादा हो।’

दुई कार्यकाल राष्ट्रपति भइसकेकी भण्डारी हाल औपचारिक रूपमा कुनै राजनीतिक जिम्मेवारीमा छैनन्।उनले एमालेमा तर, एमाले निकट वृत्तमा भण्डारीको भूमिकाबारे चर्चा बढ्दै गएको छ।