काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मूल्य घटेकाे छ ।
महासंघका अनुसार मंगलबारको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार ३०० र चाँदीको मूल्य १५ रुपैयाँ घटेको हो ।
जसअनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ९२ हजार रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्य २ हजार २६० रुपैयाँ कायम भएको छ ।
यसअघि मंगलबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ९३ हजार ३०० र चाँदीको मूल्य २ हजार २७५ रुपैयाँ कायम भएको थियो ।