आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

२४ लाख घुससहित मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित ३ जना पक्राउ

बुधबार, असार ३२ २०८२

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

भक्तपुर चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी चार आना जग्गा मोही र तलसिङको लगत कट्टा गरी सो जग्गा मोहीको नाममा जग्गाधनी प्रमाणपुर्जा बनाउने प्रयोजनार्थ रु २४ लाख ५० हजार घुस माग गरेको उजुरीका आधारमा  नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

चाँगुनारायणको करिब १४ रोपनी जग्गा मोही र तलसिंको नाममा कायम पार्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागिएको सूचनाका आधारमा अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

आयोगको टोलीले मंगलबार भक्तपुर नगापालिका २ ब्यासीस्थित कार्यालय परिसरबाटै उनीहरूलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको अख्तियारका प्रवक्ता राजेन्द्र पौडेलले पुष्टि गरे ।