आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक बस्दै

शुक्रबार, असार २७ २०८२

काठमाडौं । आज काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्ने भएको छ । शुक्रवार दिउँसो २ बजे बस्ने गरी कार्यपालिका बैठक बस्न लागेको हो ।

मेयर बालेन शाहले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोलाएको महानगरका सञ्चार विज्ञ सुरेन्द्र बजगाईंले जानकारी दिए ।

लामो समयदेखि बैठक बस्न नसकेपछि गत जेठ १२ गते महानगरका ४१ सदस्यले मेयर बालेन शाहलाई एक पत्र लेख्दै बैठक बोलाउन आग्रह गरेका थिए ।

कार्यपालिका बैठकअघि बिहान ११ बजे बजेट स्रोत समितिको बैठक बस्ने बजगाईंले जानकारी दिए । उक्त बैठक लगत्तै उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ । यी प्रक्रिया पूरा गरेपछि दिउँसो २ बजे कार्यपालिका बैठक बोलाइएको हो ।

मेयर बालेन र प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईं बिचको टकरावले कार्यपालिका बैठक बस्न नसक्दा संविधानले तोकिदिएको समयसीमा भित्र बजेट ल्याउन काठमाडौं महानगरपालिका असफल भएको छ । संविधानमा स्थानीय तहले असार १० भित्र बजेट ल्याउनुपर्ने व्यवस्था छ ।