काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहका नेताहरूको बैठकले पार्टी संस्थापनले गरेको अनुशासनको कारबाही प्रतिशोधपूर्ण भएको निष्कर्ष निकालेको छ ।
कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बिहीबार बिहान बसेको बैठकले बैठकले आनन्दप्रसाद ढुङ्गानाको संयोजकत्वमा रहेको केन्द्रीय अनुशासन समितिले गरेको कारबाहीको राजनीतिक प्रतिरोध गर्ने निर्णय गरेको हो ।
बैठकमा सहभागी नेता राजेन्द्र बजगाईँले पार्टी विधानले उजुरी परेको ६ महिनाभित्र कारबाही गरिसक्नुपर्नेमा सो अनुसार नभएको बताए ।
बैठकमा पार्टीको अधिवेशन तोकिएको समयमै विधानसम्मत समयमा हुन्छ भन्ने विषयमा संशय भएको विषयमा पनि छलफल भएको सांसद बजगाईंले जानकारी दिए ।
बैठकले कारबाहीमा परेका कसैलाई पनि अन्याय हुन नदिने र न्याय दिलाएरै छाड्ने प्रतिवद्धतासमेत जनाएको कोइरालाको सचिवालयले जनाएको छ ।