शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

सम्पर्कमा आए थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारी

बिहिबार, असार २६ २०८२

रोल्पा । रोल्पाको थबाङ गाउँपालिकाका सात कर्मचारीहरु सम्पर्कमा आएका छन् ।

रोल्पाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालका अनुसार उनीहरू बुधबार राति सम्पर्कमा आएका हुन्।

प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार गाउँपालिकाको विज्ञप्ति सार्वजनिक भएपछि लगत्तै प्रमुख प्रशासकीय अधिकृतलाई फोन सम्पर्क गर्दा फोन सम्पर्क हुन नसकिएकाे र राति करिब १० बजेतिर सम्पर्क गर्दा प्रमुख प्रशासकीय अधिकृतसँग कुरा भएको थियाे । उनीहरु सबै सकुशल रहेको र ‘कार्यालयको काम सकेर लिवाङ फर्कन्छौँ’ भनेर प्रशासकीय अधिकृतले जवाफ दिएको बताए ।

उनीहरुले बिहिवार दिउँसोसम्म सदरमुकाम लिवाङ आइपुग्ने बताएको दाहालले जानकारी दिए ।

नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि रुकुम पूर्वमा गएर काम गर्ने भन्दै निस्किएका सात कर्मचारीहरू सम्पर्कविहीन भएको भन्दै थबाङ गाउँपालिकाले विज्ञप्ति जारी गरेको थियो।