बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

गाडीको ठक्करबाट पठाओ चालकको मृत्यु

बुधबार, असार २५ २०८२

काठमाडौं । काठमाडौंको टोखामा माइक्रोबसले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।

दुर्घटनामा पठाओ चालक रहेका सोनाम योन्जनको मृत्यु भएको हो ।

टोखा नगरपालिका– ६ ग्राण्डि सडक खण्डमा बा।प्र–०१ ००२ ज ७३७८ नम्बरको ईभी माइक्रोले बाप्र–०२–०४४ प ६४०५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा २४ वर्षीय योन्जनको मृत्यु भएको हो ।

सर्लाहीको हरिवन नगरपालिका–१ बिलन्दी घर भइ हाल थलीमा बस्दै आएका २४ वर्षीय योञ्जनको शव अहिले ग्राण्डी अस्पतलामा रहेको छ ।