काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ ।
रुपन्देही-३ मा हुने उपनिर्वाचनबारे छलफल गर्न रास्वपाले सचिवालय बैठक बोलाएको हो ।
कार्यवाहक सभापति डोलप्रसाद अर्यालद्वारा आज बिहान ११:३० बजे पार्टी मुख्यालय वनस्थलीमा बस्नेगरी बैठक बोलाइएको हो ।
बैठकमा रुपन्देही(३ को उपनिर्वाचनका बारेमा छलफल हुने प्रवक्ता झाले जानकारी दिए। यस्तै समसामयिक पार्टी र राजनीतिक गतिविधिलगायतका बारेमा छलफल हुने उनले बताए ।
राप्रपाबाट निर्वाचित सांसद दीपक बोहराको निधन भएपछि उक्त क्षेत्र खाली छ ।
निर्वाचन आयोगले रुपन्देही–३ मा १७ कात्तिकमा उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।