काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा शुक्रबार साँझ साढे ५ बजे प्रकाशित गर्ने भएको छ ।
२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालित परिक्षा आज प्रकाशित गर्ने बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए ।
एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएको परीक्षा बोर्डले जनाएको छ ।