काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ घटेको छ ।
महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको हो ।
जसअनुसार आज छापावाल सुन एक तोलाको १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छ । यस्तै बिहीबार सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य २ हजार १५० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य पनि घटेको हो । बिहीबार चाँदी प्रतितोलामा २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।