शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

आज पनि बढ्यो सुनको भाउ

आइतबार, असार १ २०८२

काठमाडौं । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ।

सुन आज तोलामा ४ सय रुपैयाँ बढेको हो। महासंघका अनुसार आइतबार ४ सय रुपैयाँ बढेर एक तोला सुनको मूल्य १ लाख ९७ हजार ५०० कायम भएको छ।

अघिल्लो साताको अन्तिम दिन शुक्रबार एक तोला सुनको मूल्य १ लाख ९७ हजार १ सय रुपैयाँ पुगेको थियो।

गत जेठ २७ एक तोला सुन रु एक लाख ९० हजार तथा सोही परिमाणको चाँदी रु दुई हजार १६५ मा कारोबार भएको थियो ।

जेठ २८ गते रु एक लाख ९१ हजार ३०० जेठ २९ गते एक लाख ९२ हजार ९०० तथा जेठ ३० र ३१ गते प्रतितोला सुन रु एक लाख ९७ हजार १०० मा खरिदबिक्री भएको थियो ।

महासंघका अनुसार आज एक तोला चाँदी २१ सय ६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ४४८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।