बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

मुस्लिम बहुल राष्ट्रहरूप्रति ट्रम्प कठोर, १२ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध

बिहिबार, जेष्ठ २२ २०८२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्णप्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

सुरक्षा जोखिमलाई कारण देखाउँदै उनले ट्रम्पले अफगानिस्तान, म्यानमार (बर्मा), चाड, गणतन्त्र कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरुलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेका हुन् ।

यसैगरी ट्रम्पले बुरुन्डी, क्युबा, लाओस, सिएरालियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकहरूलाई आंशिक रुपमा प्रतिबन्ध लगाउने घोषणामा पनि हस्ताक्षर गरेका छन् ।

यद्यपि, अमेरिकी ग्रिनकार्ड भएका व्यक्ति, ९ जुनभन्दा अघि नै भिसा लागिसकेका व्यक्ति, केही निश्चित भिसा श्रेणीहरू र अमेरिकी राष्ट्रिय हितमा सेवा गर्ने व्यक्तिहरूलाई भने छुट दिइने सीएनएनको समाचारमा उल्लेख छ ।

यसअघि आफ्नो पहिलो कार्यकालमा पनि ट्रम्पले सात बहुसंख्यक मुस्लिम राष्ट्रहरूका यात्रुहरूलाई अमेरिका आउनबाट रोक लगाएका थिए, जुन नीतिलाई अदालतले चुनौती दिएको थियो र राष्ट्रपति जो बाइडेनले २०२१ मा पदभार ग्रहण गर्दा यसलाई खारेज गरेका थिए ।