सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

संयुक्त जनआन्दोलन समितिको बैठक बस्दै

बुधबार, जेष्ठ २१ २०८२

काठमाडौं । राजसंस्था र हिन्दु अधिराज्यको माग गर्दै आन्दोलन गरिरहेको संयुक्त जनआन्दोलन समितिको आज बैठक बस्दैछ।

बुधबार नवदुर्गा पार्टी प्यालेस, सुकेधारामा दिनको २ बजे बैठक बोलाइएको हो।

उक्त बैठकमा संयुक्त जनआन्दोलन समितिमा आवद्ध ४४ राजनीतिक दल, समूह, अभियानका प्रतिनिधिहरु सहभागी हुनेछन्।

बैठकमा पहिलो चरणको आन्दोलनको समिक्षा तथा सरकारको दमनकारी नीतिलाई दृष्टिगत गर्दै दोस्रो चरणको आन्दोलनको कार्यक्रम तय गरिने प्रेस प्रेस विज्ञप्ति मार्फत बताइएको छ।

नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ले हस्तक्षेप र दमनका बाबजुद आन्दोलन उत्साहजनक रूपमा सम्पन्न भएको दाबी गरेको छ ।

‘संयुक्त जनआन्दोलन समितिको आह्वानमा जारी पहिलो चरणको एक हप्ता लामो जनआन्दोलनको कार्यक्रम सरकारको हस्तक्षेप र दमनका बाबजुद अत्यन्त उत्साहजनक रुपमा सम्पन्न भएको छ। आन्दोलनमा सहभागी सबै स्वाभिमानी नेपालीहरुमा हार्दिक धन्यवाद छ,’ प्रेस विज्ञप्तिमा भनिएको छ।