शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

बढ्यो सुनको भाउ, कति पुग्यो आज ?

आइतबार, जेष्ठ १८ २०८२

काठमाडौँ ।  गत शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन तोलामा  ३०० यस रूपैयाँले बढेको छ । सोही परिमाणको चाँदी पनि  पाँच रूपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य एक लाख ८८ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मोल रु एक हजार ९८० निर्धारण भएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार २८९ अमेरिकी डलर कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।