बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

एनआरएनए जापानद्वारा भगवती माध्यमिक विद्यालयमा ५५ थान झोला वितरण

शुक्रबार, जेष्ठ १६ २०८२

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद् (एनसीसी जापानको सहयोगमा बेलबारी नगरपालिका–३, मोरङ स्थित श्री भगवती माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका न्यून आयस्तर भएका तथा जेहेन्दार विद्यार्थीहरूलाई विद्यालय झोलाहरु वितरण गरेको छ।

संघको बालुवाटारस्थित आयोजित कार्यक्रममा संघका अध्यक्ष डा. बद्री केसीले विद्यालयका प्रतिनिधिलाई झोलाहरु औपचारिक रूपमा हस्तान्तरण गरे । यो सहयोगले विद्यार्थीहरूलाई पठनपाठनमा थप प्रेरणा र प्रोत्साहन मिल्ने विश्वास लिइएको छ। आर्थिक रूपमा कमजोर पृष्ठभूमिबाट आएका बालबालिकाका लागि यो सहयोग निकै महत्वपूर्ण हुने विद्यालय पक्षको भनाइ छ।

उक्त सामग्रीहरु स्थानीय तहमा विद्यालयमार्फत वितरण गरिने छ । एनसीसी जापानले वान एनसीसी वान च्यारिटी परियोजना अन्तर्गत उक्त सहयोग गरेको हो।