काठमाडौं । सरकारले कर्मचारीलाई पाँच हजार रुपैंयाँ मंहगी भत्ता दिने घोषणा गरेको छ । अर्थमन्त्री बिष्णु पौडेलले संघीय संसद समक्ष आगामी आर्थिक बर्षको बजेट घोषणा गर्दै सरकारी कर्मचारीको तलब वृद्धि नगरे पनि महँगी भत्ता पाँच हजार बढाएको हो ।
यसअघि तीन वर्षअघि तलब बढेकोमा यस वर्ष कर्मचारीको तलब बढ्ने अपेक्षा थियो । तर, स्रोतको अभावका कारण तलब वृद्धि गर्न सम्भव नभएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए ।