काठमाडौं । स्वास्थ बीमा कार्यक्रमको पुनसंरचना हुने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक २०८२÷०८३ को बजेट प्रस्तुत गर्दै स्वास्थ्य बिमा कार्यक्रमलाई पुनसंरचना गर्ने घोषणा गरेका हुन ।
कानुनी व्यवस्थाको प्रभावकारी कार्यावन्यन र दायरा बिस्तार गर्दै बिमितको सुविधा थैली पनि क्रमश वृद्धि गर्ने पौडेलले बजेटमार्फत घोषणा गरेका छन् । सकारले हाल पाँच जनाको परिवारका लागि एक लाखसम्मको सुविधा थैली रहेकोमा यसलाई बढाउने घोषणा गरेको हो ।
सरकारले सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमामा एकीकृत गर्ने सरकारले घोषणा गरेको छ । ‘बिमितलाई फरक फरक पोलिसी छनोटको सुविधा उपलब्ध गराइने छ । बिमा सुविधाको दुरुपयोग हुन नदिनका लागि दोहोरोपना बजेटमा उल्लेख छ ।
बीमा हुने चुहावट नियन्त्रण गर्ने संस्थागत प्रशासन कायम गरिने उनले बताए । जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, दलित, अति विपन्न तथा अपसंख्यकले दिने गरेको बीमा सुविधालाई निरन्तरता दिइने घोषणा गरेको छ ।
सरकारले आगामी आर्थिक बर्षको स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब विनियोजन गरेको छ । यसभन्दा अगाडि सरकारले ७ अर्ब ५० करोड छुट्टाउँदै आएको थियो । अहिले स्वास्थ्य बीमा बोर्डले सेवाप्रदायक संस्थालाई १६ अर्बभन्दा बढी भुक्तानी तिर्न बाँकी छ ।