बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

रासायनिक मलका खरिदका लागि २८ अर्ब बजेट

बिहिबार, जेष्ठ १५ २०८२

काठमाडौं । सरकारले रासायनिक मल खरिदको लागि २८ अर्ब रुपैंयाँ बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले संघीय संसदमा आर्थिक बर्ष २०८२/०८३ को लागि बजेट घोषणा गर्दै आगामी आर्थिक बर्षको लागि रासायनिक मल खरिदको लागि उक्त परिमाणमा रकम बिनियोजन गरेको जानकारी दिएका हुन ।

सरकारले बजेट घोषणा मार्फत आगामी आर्थिक बर्षको रासायनिक मलको आपूर्ति छ लाख मेट्रिक टन पु¥याउने भएको छ ।