बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

गर्भनर डा.पौडेलको काँधमा अर्थतन्त्रलाई समृद्ध बनाउने जिम्वेवारी

अर्थतन्त्रको आवस्यकता अनुसार गर्भनर बन्न पुगेका पौडेलसँग नीजि क्षेत्रको ठुलो अपेक्षा

आइतबार, जेष्ठ ११ २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औं गर्भनरकोरुपमा नियुक्त भएका डा. बिश्वनाथ पौडेलले औपचारिकरुपमा आफ्नो कार्य प्रारम्भ गरिसकेका छन् । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट शपथग्रहण गरी कार्य प्रारम्भ गरिसकेका छन्। कार्यभार सम्हाल्दै गर्भनर पौडेलले पदभार गर्दै ५० र एक हजार दरका नयाँ नोट छपाई गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

मौद्रिक नीति र वित्त नीति अलग विषय हो, ‘मौद्रिक नीति सरकारको वित्त नीतिको सहायक होइन, यो छुट्टै स्वतन्त्र नीति हो तर सरकारको वित्त नीति कार्यान्वयनमा मौद्रिक नीतिले केही अवरोध गरेको छ भने यसलाई परिमार्जन गर्दै जान्छौं,’ गर्भनर पौडेलले भनेका छन् । गर्भनर पौडेलले कार्यभार सम्हालेसंगै उनलाई बधार तथा सुभकामना र मुलुकको अर्थतन्त्र सुधारको लागि नीतिगत सुझाव दिने क्रम चलिरहेको छ । नेपाल बैंकर्स एसोसिएसन, नेपाल उद्याग बाँणिज्य बैंक, चेम्वर अफ कर्मर्श, नेपाल उद्योग परिसंघ, नेपाल अटोमोवाईल डिर्लस एसोसिएन लगायतका नीति क्षेत्रका छाता संगठनका प्रतिनिधिहरुले गर्भनर पौडेललाई भेटेर अर्थतन्त्र सुधारको लागि नीतिगत सुझावहरु दिएका छन् । यही सुझावलाई आधार मान्दा पनि गर्भनर डा। पौडेल समक्ष धेरैको आशा भरोसा देखिएको छ।

अर्थतन्त्र सुधारको लागि नीजि क्षेत्रले दिएको सुझावकै आधारमा पनि गर्भनर पौडेलप्रति सबैको आशा, भरोसा र बिश्वास रहेको देखिन्छ । नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त गभर्नर डा। पौडेललाई सफल कार्यकालकका लागि बधाई एवं शुभकामना व्यक्त गर्दै, ‘वित्तीय, तथा आर्थिक क्षेत्रमा ज्ञाता एवं अनुभवी व्यक्तित्वका रुपमा यहाँले मुलुकको आर्थिक नीति निर्माण, वित्तीय सुशासन प्रवद्र्धनमा पुर्याएको योगदान उल्लेखनीय रहेको बताएको छ । राष्ट्र बैंकको गभर्नर पदमा उनकोे नियुक्ती वित्तीय क्षेत्रमा दीर्घकालीन सुधार र स्थायित्व कायम गर्नेतर्फको एक महत्वपूर्ण कदम भएको चेम्वरको भनाई छ । चेम्वरले मुलुकको समग्र आर्थिक विकास, मुद्रास्फीति नियन्त्रण, विदेशी मुद्रा सञ्चिति सुदृढीकरण, वित्तीय पहुँचको विस्तार तथा वित्तीय समावेशीताजस्ता राष्ट्रिय प्राथमिकता भएका विषयमा रणनीतिक योजना सहित काम गर्न समेत चेम्बरले नवनियुक्त गभर्नर डा। पौडेललाई सुझाव दिएको छ । बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय मार्फत अर्थतन्त्रलाई चलायमान बनाउन राष्ट्र बैंकको भूमिका अझ महत्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ । राष्ट्र बैंकले डिजिटल वित्तीय प्रणालीको प्रवद्र्धन, सूक्ष्म, साना तथा मझौला उद्यमहरुको वित्तीय पहुँचमा सुधार, तथा समावेशी वित्तीय नीतिको विकासमा अग्रगामी भूमिका निर्वाह गर्ने अपेक्षा रहेको चेम्बरले उल्लेख गरेको छ । करिव ४ वर्षदेखि केन्द्रीय बैंकको संकुचित नीतिहरुका कारण लामो समय देखिको विद्यमान आर्थिक शिथिलताका कारण निजी क्षेत्रले ठूलो क्षति वेहोर्नुपरेको भन्दै चेम्बरले उद्यमी व्यवसायीहरुमा आत्मविश्वास वृद्धि गरेर संकुचित कर्जा प्रवाहलाई वृद्धि गराउनुपर्ने जोड दिएको छ । चालु पुँजी कर्जा निर्देशिकालाई खारेज गर्न समेत चेम्बरले माग गरेको छ।

यसैगरी नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले नव नियुक्त गभर्नर डा। पौडेलसंग भेटगरी नेपालको मोद्रिक नीतिसंग सम्बन्धित अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा विस्तृत रुपमा छलफल गरेको छ । सो भेटमा अध्यक्ष चौधरीले नेपालको अटोमोबाइल उद्योगको समग्र सुधारका लागि तत्काल कार्यान्वयनयोग्य पाँच बुँदे सुझावहरू प्रस्तुत गरे । उक्त छलफलमा विशेषगरी वित्तीय पहुँच अभाव, विद्युतीय तथा प्रिमियम सवारी साधनमा कर्जाको व्यवहारिक अवरोध, कर्जा नीतिमा देखिएको असमञ्जस्यता र निष्पक्ष वित्त प्रणालीका लागि नियमनको आवश्यकताको विषयमा गम्भीर छलफल गरेको छ । गर्भनर पदमा नियुक्त भएलगत्तै नीजि क्षेत्रसंगको गर्भनरले यस्तो सल्लाह र भेटघाटले गर्भनर पौडेल नीजि क्षेत्रसंग निकै नजिक रहेर काम गर्न खोजेको देखिन्छ । नीजि क्षेत्रले पनि गर्भनरप्रति मुलुकको समग्र अर्थतन्त्र सुधारको लागि धेरै अपेक्षा गरेको देखिन्छ।

गर्भनर डा। पौडेलले अमेरिकाको प्रतिष्ठित युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । त्यसअघि उनले अमेरिकामै अर्थशास्त्रमा स्नातकोत्तर तहको अध्ययन समेत गरेका थिए । चीनको शाङ्हाईस्थित एक विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक तहको अध्ययन समेत समेत पौडेलले पुरा गरेका छन् । डा। पौडेल चीन र अमेरिकाको अर्थतन्त्र, समाज र इतिहासका अध्येता समेत मानिन्छन । पौडेलले सन् २०१२ देखि २०१३ सम्म सानिमा बैंकको डिरेक्टरको रूपमा काम गरेको अनुभव रहेको छ ।त्यसपछि विश्व बैंकको कन्सल्ट्यान्ट, अन्तर्राष्ट्रिय श्रम संगठनको नेपालस्थित कार्यालयमा र मिलेनियम च्यालेन्ज कर्पोरेशनको नेपालस्थित कार्यालयमा पनि अर्थशास्त्रीको रूपमा काम गरेका छन् । यसअर्थमा गर्भनर पौडेलले अनुभव नैं अनुभवले खारिएका व्यक्ति हुन । उनको योग्यता, क्षमता, अनुभव र कार्यले मुलुकको समग्र अर्थतन्त्रमा निकै ठुलो सुधार आउने अपेक्षा गरिएको छ।