शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सुनको भाउ घट्यो, कति छ आज ?

शुक्रबार, जेष्ठ ९ २०८२

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपली बजारमा आज सुनको भाउ घटेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ११ सयले घटेर तोलाको एक लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि विहिबार सुन तोलाको एक लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यमा तोलामा २० रुपैयाँ घटेको छ ।

महासङ्घका अनुसार आज चाँदी तोलामा २००५ रुपैयाँमा कारोबार भइरहेको छ ।