बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

काठमाडौको सिग्मा कलेजको क्यान्टिनमा आगलागी

बुधबार, जेष्ठ ७ २०८२

काठमाडौं । कठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टे स्थित सिग्मा कलेजको क्यान्टिमा जेठ ७ गते भएको आगलागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा लिएका छन् । ग्याँस लिग भई आगलागि हुँदा क्यान्टिनमा रहेको सामान जलेर नष्ट भएको बताईएको छ ।

सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ बाघभैरव गुल्म काठमाडौबाट सशस्त्र प्रहरी नायव उपरीक्षक अशोक कुमार न्यौपाने र सुरक्षा वेश काठमाडौ महानगरपालिका वारुणयन्त्र न्यूरोडबाट सशस्त्र प्रहरी नायव निरीक्षक धन बहादुर सुवेदीको कमाण्डमा खटिएको सुरक्षा फौज आगलागि नियन्त्रणमा जुटेको थियो । आगलागि बिहान करीव ८ बजे पूर्ण रुपमा नियन्त्रणमा लिईएको थियो ।