बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

जेठ १० गते पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमण जाँदै

सोमबार, जेष्ठ ५ २०८२

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एक साताको चीन भ्रमणमा जाने भएकी छन् । चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकारको निमन्त्रणामा उनी जेठ १० गते चीन प्रस्थान गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ ।

 

जेठ १० गते चीन भ्रमणमा जाने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ । टोलीको आकार र विस्तृत कार्यक्रम भने अझै टुङ्गो लागेको छैन ।