बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर

सोमबार, जेष्ठ ५ २०८२

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि भएको छ ।

पिसाबसँग सम्बन्धित लक्षण देखिएपछि गरिएको परीक्षणमा उनलाई प्रोस्टेट क्यान्सर भएको पत्ता लागेको हो ।

उनको कार्यालयबाट आइतबार जारी विज्ञप्तिमार्फत यो जानकारी दिइएको हो ।

८२ वर्षीय बाइडेनको रोगलाई ‘हाई ग्रेड’ (उच्च श्रेणी) को क्यान्सरका रूपमा वर्गीकरण गरिएको छ ।

क्यान्सर रिसर्च युकेका अनुसार यसको अर्थ क्यान्सर कोष द्रुत गतिमा फैलिन सक्छ । बाइडेन र उनको परिवारले उपचारका विकल्पबारे समीक्षा गरिरहेको बताइएको छ ।

बाइडेनको क्यान्सरको खबर सार्वजनिक भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा पतिक्रिया व्यक्त गरेका छन्।

ट्रम्पले लेखेका छन्, ‘जो बाइडेनको हालैको स्वास्थ्यको बारेमा सुनेर मेलानिया र म दुःखी छौं। उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।’