शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

जेठ १५ गते सुरक्षा अवस्था बलियो बनाउन आईजी थापाको निर्देशन

आइतबार, जेष्ठ ४ २०८२

काठमाडौं । आगामी जेठ १५ गते राजावादीको आन्दोलनलाई लक्षित गरी सुरक्षा अवस्था बलियो बनाउन प्रहरी महानिरिक्षक ९आईजी० दीपक थापाले निर्देशन दिएका छन्।

आइतबार एउटा कार्यक्रममा पुलिस क्लवमा उनले संविधानबिरोधी गतिविधि हुन नदिनका लागि सुरक्षा प्रभावकारी बनाउनका लागि निर्देशन दिएका हुन्।

संविधान र कानुन उल्लंघनका घटनामा कडाईका साथ हेर्न निर्देशन दिँदै सुरक्षा चुनौती बढ्न नदिनका लागि निर्देशन दिएका हुन्।

यसैगरी उनले संगठनका उपल्ला दर्जाका कर्मचारीले तल्ला तहका कर्मचारीलाई हातपात गर्नु उचित नहुने चेतावनी आईजी थापाले दिए। संगठनभित्र कारबाही गर्ने प्रक्रिया रहेको बताउँदै सडकमा नै गरिने यस्तो व्यवाहार राम्रो नभएको भन्दै सचेत रहन चेतावनी दिए।