काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेर कारोबार भएको छ ।
आइतबार सुन तोलाको एक लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार सुन एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य स्थिर छ । चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
शुक्रबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।